सोमबार, चैत १६, २०८२

फिफा वरियतामा नेपाल एक स्थान खस्कियो

मेरोन्यूज २०८० असार १४ गते १८:३८

काठमाडाँै । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५ औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७४ औँ स्थानमा रहेको थियो ।

दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ । भारत १०० औँ स्थानमा छ । यस्तै माल्दिभ्स १५४ औँ स्थानमा यथावत रहँदा भूटान एक स्थान सुधार गर्दै १८४ औँ स्थानमा उक्लेको छ ।

यसैगरी बंगलादेश १९२ औँ स्थानमा यथावत छ भने पाकिस्तान २०१ औँ स्थानमा झरेको छ । श्रीलंका २०७ औँ स्थानमा छ ।

विश्व वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो रहेको छ । त्यस्तै ब्राजिल तेस्रो, इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन् ।

प्रतिक्रिया