आईएमई लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आईएमई लाइफ इन्स्याेरेन्सको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिने । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परिसकेको छ ।
आईएमई लाइफले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । अब पछि सर्वसाधारणलाई पनि ९६ लाख कित्ता सेयर खुला हुनेछ ।
रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्स्याेरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
















मन्त्रीहरूको वरीयता हेरफेर, सुधन पुगे पाँचौँ नम्बरमा
एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
प्रतिक्रिया