धनगढीमा दुई दिने युवा वैज्ञानिक सम्मेलन शुरु

काठमाडौँ । नविन खोज, अनुसन्धान र विकास भन्ने उद्धघोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन शुक्रबारदेखि धनगढीमा शुरु मएको छ ।
सम्मेलनमा रोवटिक्स फुटवल र यन्त्र रोवेटिक्स रेस सम्वन्धी प्रतिस्पर्धा भइरहेको छ । फुटवलमा ११ र रेसमा १६ टीमका बीचमा प्रतिस्पर्धा भइरहेको हो । दुई वटै विद्याका विजेता खेलाडीलाई पुरस्कार पनि दिइने भएको छ ।
प्रतियोगिताका लागि कैलाली कञ्चनपुर, बैतडी, बझाङ, दार्चुला लगायतका जिल्लाबाट आएका युवा तथा विद्यार्थी सहभागी छन् ।
युवा वैज्ञानिक सम्मेलनमा सुदूरपश्चिममा साथै सुर्खेत र काठमाडौबाट आएकाहरूले समेत विभिन्न खालका प्रदर्शनी र सिकाउने काम गरिरहेको मूल आयोजक सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतको प्रदेश युवा परिषदका सदस्य सचिव युवराज कुँवरले बताए ।
दुई दिने कार्यक्रममा उत्कृष्ट प्रदर्शनी गर्ने समूह वा व्यक्तीलाई एक लाख रुपियाँ पुरस्कार दिने कार्यक्रम पनि रहेको छ ।
















नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया