कुटपिटको विरोधमा कर्मचारीले ठप्प पारे सर्वोच्चसहित देशभरका अदालत
मेरोन्यूज
२०८० असार १७ गते १२:०१

काठमाडौँ । ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि भएको कुटपिटको विरोधमा कर्मचारीहरुले सर्वोच्चसहित देशभरका अदालतमा कामकाज ठप्प पारेका छन् ।
अधिवक्ता अमिर लामिछानेले जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङलाई बुधबार अपराह्न कुटपिट गर्दा मुखमा चोट लागेको थियो।
त्यही कुटपिटको घटनाको विरोधमा आइतबार दिउँसो १ बजेसम्मलाई सर्वोच्चसहित देशभरका अदालतमा कर्मचारीहरुले ‘पेन डाउन’ गरेका छन् । जसका कारण अदालतमा कामकाज ठप्प भएको छ। इजलास बस्न सकेका छैनन् ।
सर्वोच्च अदालत नेपाल कर्मचारी युनियन अध्यक्ष नरेश कार्कीले घटनाको विरोधमा कामकाज ठप्प पारिएको जानकारी दिए ।
कर्मचारीले ‘पेन डाउन’ गरेपछि सर्वोच्च अदालतको इजलासमा सुनुवाइ पनि रोकिएको छ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया