बुधबार, चैत २५, २०८२

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट हुँदै

मेरोन्यूज २०८० असार १८ गते १०:४१

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ यसै साता बाँडफाँट हुने तयारी गरिएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार असार १५ गते प्रिअलटमेन्ट सम्पन्न भएको र असार १९ गते बाँडफाँटका लागि धितोपत्र बोर्डमा आवेदन दिएको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १० लाख ९२ हजार २८९ आवेदकबाट कुल १ करोड १९ लाख ८७ हजार ३०० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १९.५५ गुणाले बढी हो। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १०/१० कित्ताका दरले सेयर पाउनेछन्। कम्पनीले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले कु्ल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणस छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

प्रतिक्रिया