आजको तरकारी मूल्य : आभोकाडो ५७५ रुपैयाँ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मङ्गलबार नेपाली गोलभेडा प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३३ रुपैयाँ २० पैसामा काराेबार हुनेछ भने रातो आलु र स्थानीय काउली ४५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको भारतीय प्याज ५१ रुपैयाँ २० पैसा, लोकल गाजर ११० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ रहेको छ ।
यस्तै,स्थानीय ज्यापु काउली ५६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ५५ रुपैयाँ, तने बोडी ११६ रुपैयाँ, मकै बोडी र भटमासकोशा ९५ रुपैयाँ, लोकल घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी ७६ रुपैयाँ ६७ पैसा, तितो करेला १०५ रुपैयाँ, लौका ८६ रुपैयाँ, परवर र न्यूरो ८५ रुपैयाँ, घिरौला ८६ रुपैयाँ, ब्रोकाउली र झिगूनी ६५ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, रायोको साग र पालूगो साग ८६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ ताेकिएकाे छ ।
यसैगरी, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो १८३ रुपैयाँ ३३ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्दुक २८३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १७० रुपैयाँ, लोकल काक्रो १२० रुपैयाँ, किवि ८७५ रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा ३ सय रुपैयाँ, लिच्ची १२५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ र भेडे खुर्सानी ८६ रुपैयाँ तोकिएको छ ।
















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया