सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
मेरोन्यूज
२०८० असार १९ गते ११:१८

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ । मंगलबार प्रतितोला छापावाल सुन चार सय रुपैयाँ र तेजाबी सुन ३५० रुपैयाँले बढेको छ ।
योसँगै प्रतितोला छापावाल सुन एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन एक लाख नौ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला छापावाल सुन सय रुपैयाँ र तेजाबी सुन ५० रुपैयाँले रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर एक हजार ३७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य स्थिर रहँदै तोलाको एक हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया