नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप छनोटको सातौं स्थानको भएको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ । टेस्ट टोली आयरल्यान्डसँग टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन बनायो ।
ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा आयरल्यान्डले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो ।
नेपालका लागि भीम सार्कीले २०,अर्जुन साउँदले ४८ ,कप्तान रोहित पौडेलले २९, ज्ञानेन्द्र मल्लले ७ र कुशल भुर्तेलले ८ रन बनाए । त्यस्तै कुशल मल्लले ४४ सन्दीप लामिछानेले ३२ गुल्सन झाले ५७ रन बनाए ।
नेपालले आज आरिफ शेखलाई विश्राम दिँदै कुशल मल्ललाई खेलाएको थियो । त्यस्तै तीव्र गतिका बलर प्रतिश जिसीको स्थानमा किशोर महतोलाई मौका दिएको छ ।
नेपालले ओडिआईमा आयरल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो । पहिलो भेटमै नेपाल आयरल्यान्डलाई हराउन चाहन्छ ।
यसअघि प्लेअफमा नेपालले युएईलाई तीन विकेटले पराजित गर्दा आयरल्याण्डले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
सुपर सिक्सबाट बाहिरिएका दुबै टोलीबीचको आजको विजेता सातौं र पराजित आठौं स्थानमा रहेर विश्वकप छनोट अन्त्य गर्नेछन् ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया