आजको तरकारी मूल्य : रायाेकाे साग ११६ रूपैयाँ

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मङ्गलबार नेपाली ठुलो गोलभेडा, लोकल गाजर, डल्लो भन्टा, भटमासकोशा र न्यूरो प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेडा २३ रुपैयाँ, टनेल गोलभेडा ३७ रुपैयाँ ४० पैसामा किनबेच भइरहेकाे छ ।
रातो आलु ४६ रुपैयाँ ८० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ८० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ६७ पैसा, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ ४० पैसा काराेबारका लागि कायम गरिएकाे छ ।
यसैगरी, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, स्थानीय काउली र पालूगो साग ८५ रुपैयाँ, स्थानीय ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा, तने बोडी ११० रुपैयाँ, मकै बोडी ९६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १७५ रुपैयाँ, तितो करेला र चुकुन्दर ७५ रुपैयाँ, लौका र झिगूनी प्रतिकेजी ६५ रुपैयाँ, घिरौला ८४ रुपैयाँ, परवर, डल्लो फर्सी र ब्रोकाउली ५५ रुपैयाँ पर्ने भएकाे छ ।
त्यस्तै, भिण्डी प्रतिकेजी १०६ रुपैयाँ, स्कूस ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५४ रुपैयाँ, डल्ले च्याउ २७६ रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, रातो बन्दा ६६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पुदीना १३५ रुपैयाँ कायम भएकाे छ ।
इमली १३५ रुपैयाँ, तामा ११८ रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, दसहरी र मालदह आँप ११५, कालो अंगुर ५६५ रुपैयाँ, मौसम र जुनार २३५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, लोकल काक्रो ९६ रुपैयाँ, किवि ८५० रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा २९२ रुपैयाँ र अकबरे खुर्सानी २७५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
















फ्रान्समा चार आप्रवासीको मृत्यु
ओली केही दिन अस्पतालमै रहने
नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया