सातौं प्रधानमन्त्री कप क्लव भलिबलः त्रिभुवन आर्मी विजयी

काठमाडौं । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लवले एपिएफमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै जारी सातौं प्रधानमन्त्री कप क्लव भलिबल लिगमा पुरुषतर्पm फाइनलको सम्भावना बलियो बनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधवार आर्मीले दुई पटक सेटमा पछि परेको अवस्थालाई उल्ट्याउँदै विभागीय प्रतिद्वन्दी एपिएफमाथि रोमाञ्चक जित निकालेको हो । पहिलो सेट एपिएफले २५–१८ ले आफ्नो बनाएपनि दोस्रो सेट भने आर्मी २५–१६ ले जित्यो । एपिएफले फेरि तेस्रो सेट २६–२४ ले आफ्नो बनाउँदै अग्रता लियो । यद्यपि, निकै रोमाञ्चक बनेको तेस्रो सेटमा आर्मीले २८–२६ ले सफलता पायो । एपिएफले एक पटक म्याच पोइन्टको अवसर पाए पनि सदुपयोग गर्न सकेन । उल्टै आर्मीले त्यसको फाइदा उठायो ।
प्रतिष्पर्धात्मक बनेको पाँचौं तथा निर्णायक सेट आर्मीले १७–१५ ले सफलता निकाल्दै महत्वपूर्ण दुई अंक बटुल्यो । लगातार चौथो सफलतासँगै आर्मीले चार खेलबाट ११ अंक बटुलेको छ । समान खेलबाट एपिएफ १० अंकसहित तेस्रो स्थानमा छ । चार नै खेल खेलेको पुलिसको ९ अंक छ । पुलिसले बुधवार नै उपाधि दाबेदारका रूपमा हेरिएको टिपटप हेल्प नेपाल क्लबसँग ३–२ ले हार व्यहोरेपछि दोस्रो स्थानमा उक्लिने अवसर गुमाउन पुग्यो । यता, जितपछि भने हेल्प नेपाल चार खेलबाट ११ अंक बटुल्दै शीर्ष स्थानमा यथावत छ ।
सात क्लव सम्मिलित लिगमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्नेछन् । बुधवार हेल्प नेपालले निकै रोमाञ्चक बनेको खेलमा बलियो टोली पुलिसमाथि २५–२०, २०–२५, ३०–२८, १८–२५ र २४–२२ को सेटमा सफलता निकाल्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो । बिहीवार आर्मीले पुलिसबिरुद्ध र हेल्प नेपालले एपिएफसँग खेल्नेछ । यी खेलमा जित निकाले आर्मी र हेल्प नेपाल फाइनलमा पुग्नेछ । पुरुषकै अर्को खेलमा सैलुङ बाघढुङ्गा स्पोटर््स क्लवले दावाँली मिलन क्लवलाई ३–२ को सेटमा हरायो ।
सैलुङले दावाँलीलाई २५–१९, १४–२५, २२–२५, २५–२१ र १५–१३ ले पराजित ग¥यो । यो सफलतासँगै सैलुङले दुई अकं जोड्यो । यी दुवै टोलीको फाइनल पुग्ने सम्भावना यसअघि नै समाप्त भैसकेको छ । महिलातर्प बुधवार भएको खेलमा पुलिसले अन्तिम सेटमा उत्कृष्ट पुनरागमन गर्दै विभागीय प्रतिद्वन्दी एपिएफमाथि ३–० को सोझो सेटमा सफलता निकाल्दै फाइनलमा स्थान बनाएको छ । तेस्रो सेटको शुरुवातदेखि नै ८–२ ले पछि परेको थियो ।
यो सेटमा लगातार दबाब बनाएको एपिएफ २४–२१ को अग्रतासहित म्याच पोइन्टनजिक पुगे पनि सफलता पाउन भने सकेन । उक्त सेटमा पुलिसले एपिएफलाई २५–१६, २५–१५ र २६–२४ ले हराउँदै फाइनलमा स्थान बनायो ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया