बुधबार, चैत २५, २०८२

अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको छ : अर्थमन्त्री महत

मेरोन्यूज २०८० असार २९ गते १२:२८

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडि बढेको बताए । उनले मूल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

उनले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे । उनले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गरे ।

अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताए ।

प्रतिक्रिया