सिटिजन्स लाइफको प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला

काठमाडौं। सिटिजन्स लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइतबारदेखि आईपीओ बिक्री खुला गरेको छ । यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३०प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
यसको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आईपीओ जारी गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। रेटिङ एजेन्सी इक्रा नेपालले सिटिजन्स लाइफको आईपीओलाई ‘इक्राएनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।















मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
25 people held with drugs from different places
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया