आजदेखि नयाँ कर कार्यान्वयन

काठमाडौं ।आजदेखि नयाँ आर्थिक वर्ष ०८०/८१ सुरु भएसँगै आयकर तथा नयाँ करहरु लागु हुँदैछन्। जेठ १५ मा बजेट सार्वजनिक भएलगत्तै भन्सार, अन्तः शुल्क र मूल्य अभिवृद्धि कर भने लागु भइसकेका छन्।
आयकर ऐन २०५८ मा भएको संशोधन साउन १ देखि लागु हुँदै छ। यसअघि २० लाखभन्दा माथिमा ३६ प्रतिशत कर लाग्थ्यो। तर, अब आजदेखि वार्षिक ५० लाखभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने भएको छ।
त्यस्तै नयाँ आर्थिक वर्षदेखि पहिलोपटक विलासिता शुल्क कार्यान्वयनमा आउने भएको छ। अब पाँचतारे होटेल वा त्यसभन्दा माथिका होटेल तथा रेस्टुरेन्टले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शुल्क लगाइएको छ। साथै १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि विलासिता शुल्क लाग्नेछ।
यस्तै, वैदेशिक पर्यटन शुल्क पनि आजदेखि नै लागु हुनेछ। जसअनुसार ट्राभल एजेन्सीले बिक्री गर्ने वैदेशिक भ्रमणको प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क लाग्नेछ।
वैदेशिक रोजगार सेवा शुल्क अर्थात् वैदेशिक रोजगारीमा गएकाहरुले कम्पनीलाई तिरेको रकमको १ प्रतिशत शुल्कको व्यवस्था पनि आजैदेखि नै कार्यान्वयनमा आउनेछ ।
भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्तासम्बन्धी व्यवस्था जेठ १५ कै रातिदेखि कार्यान्वयनमा आएको छ। साथै थप सार्वजनिक सेयर निष्कासन एफपीओमा करसम्बन्धी व्यवस्था र सुजीको कारोबारमा कर छुटसम्बन्धी व्यवस्था पनि कार्यान्वयनमा आइसकेको छ।
















25 people held with drugs from different places
फ्रान्समा चार आप्रवासीको मृत्यु
ओली केही दिन अस्पतालमै रहने
नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया