राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा डा यादव नियुक्त
मेरोन्यूज
२०८० साउन २ गते २०:४७

काठमाडौँ । राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा डा अमरप्रसाद यादव (फुलबरिया–४ सिरहा) लाई नियुक्त गरिएको छ ।
प्रधानमन्त्री एवं राजर्षिजनक विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले सिफारिस समितिको सिफारिसमा आज उनलाई नियुक्त गरेका हुन् । सिफारिस भएका तीन जनामध्येबाट प्रा डा यादवलाई नियुक्त गरिएको हो ।
उपकुलपतिको लागि प्रा डा महानन्द चालिसे (रत्ननगर–९ चितवन) र प्रा डा क्षितिज उपाध्याय ढुङ्गेल (जनकपुरधाम, धनुषा) को नाम सिफारिस भएको थियो ।
‘राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिको कार्यसम्पादनसम्बन्धी कार्यविधि, २०७९’ बमोजिमको प्रक्रिया पूरा गरी सो सिफारिस समितिको निर्णयअनुसार राजर्षिजनक विश्वविद्यालय ऐनबमोजिम तीन जनाको नाम सिफारिस गरिएको थियो ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया