आइतबार, चैत १५, २०८२

इमर्जिङ टिम्स एसिया कप : नेपालले यूएईविरुद्ध पहिला बलिङ गर्ने

मेरोन्यूज २०८० साउन ३ गते १०:०९

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’ विरुद्ध पहिला बलिङ गर्ने भएको छ । पी सारा ओभलमा टस जितेर यूएईले नेपाललाई पहिला बलिङका लागि निम्तो दिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुवै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन् ।

अघिल्ला दुवै खेलमा पराजित हुँदै नेपाल र यूएई प्रतियोगिताबाट बाहिरिएका थिए ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । यूएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।

आजै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया