सोमबार, चैत १६, २०८२

कुशलको घातक बलिङले १५७ रनमै समेटियो यूएई

मेरोन्यूज २०८० साउन ३ गते १३:३३

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा नेपाललाई यूएई ए ले १५८ रनको सामान्य लक्ष्य दिएको छ । पार्टटाइम बलर कुशल भुर्तेलको घातक बलिङ सामना गर्न नसकेको यूएई ४४ ओभरमा १५७ रनमा समेटिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए । अन्य ब्याट्स्मेनले २० रन कटाउन सकेनन् ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए । त्यस्तै श्याम ढकालले २, कुशल मल्ल र पवन सर्राफले समान एक/एक विकेट लिए ।

समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुवै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन् ।

प्रतिक्रिया