सेवा प्रवाह प्रक्रियालाई प्रभावकारी बनाउन जरुरी छ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सेवा प्रवाह प्रक्रियालाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् ।
जनप्रशासन संघले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति यादवले भने, ‘नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा भई यहाँ तीन तहको संरचनाअनुसारको सरकार छ । यो बदलिँदो संरचनामा सेवा प्रवाह प्रक्रियालाई थप प्रभावकारी बनाउन जरुरी छ । यसका लागि प्रशासक, व्यवस्थापक र कर्मचारीहरूलाई थप प्रशिक्षण, ज्ञान, कार्यदक्षता र सीपको आवश्यक हुन्छ ।’
उनले नेपालको प्रशासन, व्यवस्थापन र कर्मचारी संयन्त्रमा सुनिने गरिएका जनगुनासो अन्त्य हुनु पर्ने बताए । ‘हेमबहादुर मल्ल सम्मान’ समर्पण समारोमा उपराष्ट्रपति यादवले सार्वजनिक क्षेत्रको नीति–निर्माण, पुनरावलोकन र मूल्यांकनमा संघले व्यावसायिक पृष्ठपोषण गर्ने गरेकामा खुसी व्यक्त गरे ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै उनले विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धनका लागि सबैले भूमिका खेल्नुपर्ने बताए ।
उनले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनीय योगदान पुर्याउने महत्त्वपूर्ण व्यक्तित्वहरूलाई संघले गर्दै आएको सम्मान कार्यक्रमको प्रशंसा गरे ।
प्रशासन र व्यवस्थापन क्षेत्रका समसामयिक विषयमा मुलुकलाई दिशानिर्देश गर्न संघ सदैव सक्रिय रहने विश्वास व्यक्त गर्दै उनले मुलुकमा सुशासन कायम गर्न, विधिको शासन सञ्चालन गर्न, जवाफेदेहिता र उत्तरदायित्व अभिवृद्धि र भ्रष्टाचार न्यूनीकरण गर्न संघ सधैँ क्रियाशील रहन सकोस् भनी कामना गरे ।

















बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
झापामा दुइवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
प्रतिक्रिया