शुक्रबार, वैशाख ४, २०८३

भत्काइसकेपछि भद्रकुमारी घले सेवा सदन नभत्काउन आदेश

मेरोन्यूज २०८० साउन ३ गते २०:५६


काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

न्यायाधीश श्यामजी प्रधानको इजलासले आज घरजग्गामा क्षति नपुर्याउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश गरेको हो ।

आदेशमा भनिएको छ, ‘मिति २०८०।०४।०८ को पेशी तारिख तोकी सोको जानकारी विपक्षीलाई दिई उक्त निर्णयको छलफलबाट निर्णय नभएसम्म निवेदकको घरजग्गामा क्षति पुर्याउने वा अतिक्रमण गर्ने गराउने कार्य नगर्नु ।’

अदालतले विवादका दुवै पक्षलाई छलफलका लागि यही साउन ८ गते बोलाएको छ । साथै अदालतले १५ दिनभित्र लिखित जवाफसमेत पेस गर्न भनेको छ ।

महानगरपालिकाले भवन आजै भत्कादिएको छ ।

प्रतिक्रिया