भत्काइसकेपछि भद्रकुमारी घले सेवा सदन नभत्काउन आदेश
मेरोन्यूज
२०८० साउन ३ गते २०:५६

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश श्यामजी प्रधानको इजलासले आज घरजग्गामा क्षति नपुर्याउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश गरेको हो ।
आदेशमा भनिएको छ, ‘मिति २०८०।०४।०८ को पेशी तारिख तोकी सोको जानकारी विपक्षीलाई दिई उक्त निर्णयको छलफलबाट निर्णय नभएसम्म निवेदकको घरजग्गामा क्षति पुर्याउने वा अतिक्रमण गर्ने गराउने कार्य नगर्नु ।’
अदालतले विवादका दुवै पक्षलाई छलफलका लागि यही साउन ८ गते बोलाएको छ । साथै अदालतले १५ दिनभित्र लिखित जवाफसमेत पेस गर्न भनेको छ ।
महानगरपालिकाले भवन आजै भत्कादिएको छ ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया