बिहीबार, माघ २२, २०८२

सुन तस्करीको आरोपमा काठमाडौंबाट थप दुई जना पक्राउ

मेरोन्यूज २०८० साउन ४ गते २०:३४

काठमाडौँ । सय केजी सुन तस्करी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागकाउ टोलीले सशस्त्र प्रहरीको सहयोगमा उनीहरूलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राजन श्रेष्ठ र पुष्करराज भट्ट छन्। श्रेष्ठको ठेगाना नखुलेको र भट्ट ट्रान्स ग्लोबल सर्भिस कम्पनीका सञ्चालक रहेको राजस्व विभाग स्रोतले जानकारी दियो । यी दुईसँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट प्रहरीले एक सय किलो सुन पक्राउ गरेको थियो । यो प्रकरणमा यसअघि राजस्वले ६ जनालाई पक्राउ गरिसकेको छ।

उनीहरू सबैलाई १० दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन उच्च अदालतले अनुमति दिएको छ।

पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ।

प्रतिक्रिया