शनिबार, चैत २८, २०८२

सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सरकार सकारात्मकः मन्त्री रिजाल

मेरोन्यूज २०८० साउन ६ गते १४:१३

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रवार नेपाल रत्न तथा आभूषण संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल रत्न तथा आभूषण संघले व्यवसायीको हक हीत संरक्षणका साथै मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिष्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको बताए ।

‘रत्न तथा आभूषण व्यवसायमा संलग्न भइ देशभर छरिएर रहेका व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको यस संघले व्यवसायीको हक हीत संरक्षण कामका अलावा मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिष्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको छ । नेपाल सरकारले पनि यस व्यवसयाको प्रवर्द्धनका लागि सदैव सकारात्मक भुमिका खेल्ने विश्वास दिलाउन चाहन्छु’ उनले भने ।

प्रतिक्रिया