मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंककाे तयारी
मेरोन्यूज
२०८० साउन ७ गते ९:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै छ ।
आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारीत गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ ।
मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ मा आर्थिक वर्ष सुरू भएको एक साता भित्र मौद्रिक नीति ल्याउनु पर्ने व्यवस्था छ । सोही व्यवस्थालाई कार्यान्वयन गर्ने गरि भोलि मौद्रिक नीति ल्याउने तयारी गरिएको हो ।
मौद्रिक नीतिले नीतिगत दर, बैंक दर र निक्षेप संकलन दर घटाउने श्रोतले जानकारी दिएको छ । यस्तै, २.५ करोड रुपैयाँ भन्दा कम मूल्यका घर र जग्गा कारोबारलाई चलायमान गराउने गरि लोन टु भ्यालू रेसियो र जोखिम भार कम बनाउने राष्ट्र बैंकको तयारी छ ।
सम्बन्धित
















उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया