अवरुद्ध राजमार्ग सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाढी पहिरोलगायतका कारण जनधनको क्षति हुन नदिन तथा अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
आज रक्षा मन्त्रालयमा विपद् व्यवस्थापन लगायतका विषयमा भएको बैठकमा उनले विपद् पूर्वसतर्कतालाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।
छलफलमा कार्यबाहक प्रधानमन्त्री खड्कासमक्ष सम्वन्धित अधिकारीहरुले देशका विभिन्न ठाँउमा गएको बाढी पहिरो, जनधनको क्षति र राजमार्ग अवरुद्ध लगायतका विषयमा जानकारी गराएका थिए ।
छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्काले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्दार तथा राहातलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । पीडितलाई राहत वितरणका सम्बन्धमा कुनै कानूनी वाधा अड्चन भएमा त्यसलाई तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिए ।
खड्काले देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीलाई विपद्को पूर्व आँकलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृत रुपमा समन्वय गरी काम गर्नुपर्नेमा जोड दिए ।
खड्काको अध्यक्षतामा बसेको आजको बैठकमा गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति, रक्षा सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरु समेतको सहभागिता थियो ।










बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया