काठमाडौंमा अब सवारी पार्किङको शुल्क कति ? (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र तपाई सवारी साधान पार्किङ गर्दा जथाभावी शुल्क तिर्नु परेर हैरानीमा हुनुहुन्छ ? अव महानगरपालिकाले सवारी पार्किङका लागि निश्चित मापदण्ड र शुल्क तय गरेको छ ।
अब देखि तपाईका दुई पाङग्रे सवारी साधन छन् भने महानगरपालिकाभित्र क्षेत्र नम्बर १ मा पहिलो आधा घण्टाको १५ रुपैया र प्रति घण्टाको २५ रुपैया पार्किङ शुल्क महानगरले तय गरेको छ । त्यस्तै, चार पाङग्रेको लागि पहिलो आधा घण्टामा ५० रुपैया र प्रति घण्टा ८० रुपैयाका दरले पार्किङ शुल्क महानगरले तय गरिदिएको छ ।
आज दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गदै महानगरको राजस्व विभागले त्इस्तो शुल्क तय भएको जनाएको हो ।
त्यस्तै, क्षेत्र नम्बर दुईमा दुई पाङग्रे सवारीको प्रति घण्टाको १५ रुपैया पार्किङ शुल्क महानगरले तय गरेको छ । त्यस्तै, चार पाङग्रेको लागि प्रति घण्टा ४० रुपैयाका दरले पार्किङ शुल्क महानगरले तय गरिदिएको छ । चार पाङग्रे भन्दा बढीका लागि प्रतिघण्टा एक सय रुपैया महानगरले तय गरेको छ ।
तर यसरी पार्किङ राख्नेहरुले महानगरले तय गरेको मापदण्डको भने पालना गर्नुपर्ने महानगरले जनाएको छ ।
हेर्नुहोस् सूचना

















उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया