अर्थले बनायो लघुवित्त पीडितसँग वार्ता गर्न बरालको संयोजकत्वमा समिति

काठमाडौं । अर्थ मन्त्रालयले काठमाडौंमा आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन गरेको छ ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएको छ ।
अर्थ मन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहने पनि विज्ञप्तिमा उल्लेख छ ।
समितिलाई लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समाधानको सिफारिस गर्ने कार्यादेश दिइएको छ ।
‘नेपाल राष्ट्र बैंकले पनि छुट्टै डेस्क राखेर लघुवित्त पीडितको समस्या समाधानको प्रयास गरिरहेको छ । अहिले पनि काठमाडौंमा आन्दोलन जारी नै भएकाले वार्ता मार्फत् पनि समाधानको पहल गर्न समिति गठन भएको हो,’ अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए ।
समितिले वार्ताका लागि सहजीकरण गरिदिन गृह मन्त्रालयलाई पत्राचार पनि गरेको छ ।

















उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया