वेस्ट इण्डिज भारतसँग पाँच विकेटले पराजित

काठमाडौँ । भारतले वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारत पाँच विकेटले विजयी भएको हो ।
वेस्ट इण्डिजले दिएको ११५ रनको लक्ष्य भारतले २२.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको थियो ।
भारतका लागि इशान किसनले सर्बाधिक ५२ रन बनाएका थिए भने सूर्यकुमार यादवले १९, रविन्द्र जडेजाले १६ र कप्तान रोहित शर्माले १२ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इण्डिजले २३ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको थियो ।
वेस्ट इण्डिजका लागि कप्तान शाइ होपले सर्बाधिक ४३ रन बनाए भने अलिक अथनाजले २२, ब्राण्डन किंगले १७ र शिमरोन हेटमायरले ११ रन बनाएका थिए । वेस्ट इण्डिजका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
यो जितपछि तीन खेलको सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल शनिबार हुँदै छ ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया