एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा
विकेटकिपर भण्डारीसहित बोहोरा र यादवको पूनरागमन, शेख, मल्ल र सार्की अटाएनन्
मेरोन्यूज
२०८० साउन १२ गते १६:२९

काठमाडौँ । चीनको हाङ्झाउमा हुने १९ औँ एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।
रोहित कुमार पौडेलको कप्तानीमा हुने एशियाड खेल्ने टोलीमा तीव्र गतिका बलर अभिनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादवले लामो समयपछि पुनरागमन गरेका छन्।
टी–२० फर्म्याटमा हुने खेलमा आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टोलीमा अटाएनन् ।
नेपालले तीव्र गतिका बलरमा सोमपाल, करण, गुलशन झा र प्रतिश जिसीलाई बोलाएको छ।
यस्तो छ नेपालको टोली
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)।
सम्बन्धित
















Israel’s Foreign Minister congratulates Nepali counterpart
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया