अब केही दिन मुलुकभर पानी पर्ने

काठमाण्डौ । यस वर्ष जेठ १८ गतेदेखि आज आइतवारसम्ममा गएको वर्षको तुलनामा झन्डै १५ प्रतिशतले कम पानी परेको छ । गएको वर्ष जेठ १८ गतेदेखि साउन १४ गतेसम्ममा सात सय ५३ दशमलव १६ मिलिमिटर पानी परेको थियो । यस वर्ष त्यही अवधिमा छ सय ४३ दशमलव दुई मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाले जनाएको छ ।
यस वर्ष आजसम्म परेको पानी मनसुन अवधिभर हुने सरदर वर्षाको तुलनामा ४३ दशमलव सात प्रतिशतमात्रै हो । नेपालमा मनसुन अवधि अर्थात् जेठ १८ देखि असार १३ गतेसम्ममा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुन्छ ।
यस वर्ष मनसुन शुरु हुने बेलैमा मौसमविद्हरूले सरदरभन्दा कम पानी पर्ने बताएका थिए । अहिलेसम्म अनुमानअनुसार नै कम पानी परेको हावापानी विश्लेषण शाखाका मौसमविद् सुदर्शन हुमागाईं जानकारी दिए ।
अहिलेसम्म विशेषगरी तराईका भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ । ओखलढुङ्गा, जिरी र जोमसमका मौसम मापन केन्द्रको तथ्याङ्कमा भने सरदरभन्दा बढी वर्षा भएको छ । ताप्लेजुङ, काठमाण्डौ, पोखरा, दिपायल र जुम्लामा सरदरको हाराहारीमा वर्षा भएको छ । सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र सुर्खेतमा सरदरभन्दा कम वर्षा भएको छ ।
नेपालमा मनसुन यस वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झन्डै दुई हप्ता लागेको थियो । मनसुन प्रभावकारी नहुँदा पछिल्लो एक हप्ता राम्रोसँग वर्षा हुन सकेको थिएन । विगत दुई दिनयता भने देशका सबैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज मनसुनको न्यून चापीय रेखा पश्चिमी क्षेत्रमा सरदरभन्दा उत्तरतर्फ र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ । न्यून चापीय रेखा सरदर स्थानमा रहँदा मनसुन सक्रिय हुन्छ भने उत्तरतर्फ सर्दै जाँदा वर्षा हुने सम्भावना पनि बढ्दै जान्छ ।
















सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया