युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजानू : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले युद्धग्रस्त देशमा सुरक्षा सम्बन्धी काममा नजान नागरिकहरूलाई अनुरोध गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्दारमा हुने कठिनाइप्रति सजग रहन सबैमा आग्रह गरेको छ ।
नेपालीहरु विदेशी सेनामा भर्ना भएका भन्ने केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा आएका समाचारसम्बन्धमा ध्यानाकर्षण भएको बताउँदै मन्त्रालयले विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो ।
विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको पनि मन्त्रालयले बताएको छ ।
मन्त्रालयले विज्ञप्तिमा लेखेको छ, ‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ।’



















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया