युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजानू : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले युद्धग्रस्त देशमा सुरक्षा सम्बन्धी काममा नजान नागरिकहरूलाई अनुरोध गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्दारमा हुने कठिनाइप्रति सजग रहन सबैमा आग्रह गरेको छ ।
नेपालीहरु विदेशी सेनामा भर्ना भएका भन्ने केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा आएका समाचारसम्बन्धमा ध्यानाकर्षण भएको बताउँदै मन्त्रालयले विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो ।
विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको पनि मन्त्रालयले बताएको छ ।
मन्त्रालयले विज्ञप्तिमा लेखेको छ, ‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ।’










नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया