शनिबार, फागुन ९, २०८२

बैठक लाइभ गर्ने निर्णयबाट पछि हट्यो माओवादी

मेरोन्यूज २०८० साउन १७ गते १०:२६

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नहुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सचिवालय र पदाधिकारी बैठकपछि माओवादी केन्द्र केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णयबाट पछि हटेको हो ।
यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया