शुक्रबार, फागुन ८, २०८२

माओवादीको केन्द्रीय समिति बैठक जारी

मेरोन्यूज २०८० साउन १८ गते ६:४४

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ ।

Advertisement
nepal life insurencenepal life insurence

हिजो देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म १७ जनाले आ आफ्नो धारणा राखिसकेका छन् ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया