कन्या राशिले आज रोकिएको पैसा फिर्ता पाउने, अन्यकाे कस्ताे छ ?

काठमाडाैं । आज साउन १९ गते शुक्रबार । अधिक साउन कृष्ण तृतिया। अगस्ट ४ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आजको दिन समस्याले भरिपूर्ण रहनेछ। मन चिन्तित रहनेछ । व्यापार–व्यवसायमा घाटा केहि हुनसक्छ । बोलीमा संयम राख्नु होला । परिवारमा केही दुखद् खबर प्राप्त हुनेछ।
वृष- आज कुनै नयाँ काम सुरु गर्न राम्राे समय छ। व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । ठुलो साझेदारीले ब्यापारमा मनग्गे लाभ मिल्नेछ। आज पैतृक सम्पत्तिमा हक मिल्नेछ ।
मिथुन- कुनै कामको लागि बाहिर यात्रा हुनेछ। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा गर्नुहोला। मौसमी रोगहरूको चपेटामा परिन सक्छ। व्यापार-व्यवसायमा आज कुनै ठूलो लगानी नगर्नुहोस्। घरपरिवारमा श्रीमती वा सन्तानसँग झगडा हुनसक्छ ।
कर्कट- पत्नीबाट मनमुटाव हट्न सक्छ। व्यापारमा नयाँ साझेदारले आज तपाईलाई भेट्न सक्छ। ठूला कामको थालनी गर्न सकिनेछ ।
सिंह- आज पुरानो साथीसँग भेट हुनसक्छ, जसले गर्दा मन प्रसन्न रहनेछ। परिवारकाे कुनै सदस्यकाे स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा वादविवाद हुनसक्छ । जसका कारण घाटा हुने सम्भावना छ । सवारी साधन आदि प्रयोग गर्दा सावधानी अपनाउनुहोला ।
कन्या- मन प्रसन्न रहनेछ। घरमा कुनै शुभ कार्यको योग बन्न सक्छ। रोकिएको पैसा फिर्ता पाइनेछ। मान सम्मानमा बृद्धि हुनेछ ।
तुला- कुनै विशेष कामको लागि आफन्त तथा आफन्तजनबाट सहयोग मिल्नेछ। आज आफ्नो बोलीमा संयम राख्नु होला, नत्र काम बिग्रन सक्छ । परिवारका सदस्यहरूबीच केही कुरामा मतभेद हुनेछ।
वृश्चिक- परिवारका सदस्यहरूसँग राम्रो समय बित्नेछ। आज तपाईलाई कुनै ठूलाे कामको प्रस्ताव आउनाले घरमा खुशीको वातावरण रहनेछ। परिवारकाे शुभ समाचार सुन्न पाइनेछ ।
धनु- आज कुनै पनि ठूला कामको थालनी नगर्नुहोस्। विशेषगरी ऋणबाट जोगिनुस् । स्वास्थ्यमा केही समस्या आउनेछ । व्यापारिक सहयोगीहरूको संगत छोड्दा धन हानि हुनेछ। परिवारमा नयाँ पाहुनाको आगमन हुनेछ ।
मकर- आज केहि कुराहरुमा मानसिक तनाव महसुस हुनेछ। व्यापार–व्यवसायमा आर्थिक स्थितिमा सुधार आउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछ। परिवारमा विवादबाट टाढा रहनुहोस्। बालबालिकाको स्वास्थ्यको ख्याल गर्नुहोला ।
कुम्भ- आज चिनजानको व्यवहारले मन दुखी हुन सक्छ। तपाईंविरुद्ध केही झूटा आरोप र प्रति-आरोप पनि लाग्न सक्छन् । व्यापारमा साथीभाइ आदिबाट ठूलो सहयोग मिल्नेछ। घरपरिवारमा सम्पत्तिको विवादले मन अशान्त रहनेछ।
मीन- आज तपाई आफ्ना साथीभाइ र सहकर्मीहरूसँग धार्मिक यात्रा आदिमा जान सक्नुहुन्छ। आफ्नो सामान आदिको सुरक्षा गर्नुहाेला । खानपानमा ध्यान दिनुहोला । व्यापारमा कुनै नयाँ काम सुरु गर्ने योजना बन्न सक्छ। परिवारमा ससुरा पक्षबाट मनमुटाव हुन सक्छ।









प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द, कारण यस्ताे
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
एनपीएलमा जनकपुरको पहिलो जित
प्रतिक्रिया