सोमबार, चैत ३०, २०८२

विदेशी विनिमय दर : आज कुन मुद्राको कति ?

मेरोन्यूज २०८० साउन २२ गते ६:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ ।

यस्तै युरो १ को खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ८९ पैसा र बिक्री दर ८७ रुपैयाँ २९ पैसा रहेको छ ।

यता कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको बैंकले जनाएकाे छ ।

प्रतिक्रिया