सोमबार, चैत ३०, २०८२

सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० साउन २२ गते ११:५६

काठमाडौं । साताको दोस्रो दिन साेमबार सुनको मूल्य घटेको छ । आज छापावला सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ थियो ।

Advertisement
nepal life insurencenepal life insurence

त्यस्तै, महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको छ । हिजो १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया