एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित

काठमाडौँ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुनः अवरोध गरेपछि २४ साउनसम्म स्थगित भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धारणा राख्ने क्रममा उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नजनाएको भन्दै एमालेले अवरोध गरेपछि सभामुख देउवार घिमिरेले आजको कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाउँदै २४ गते दिउँसो एक बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
एमालेका तर्फबाट सचेतक महेश बर्तौलाले सरकारले सदनमार्फत देशलाई भ्रम पार्ने कोसिस् गरेको आरोप लगाए ।
यसअघि गृहमन्त्री श्रेष्ठले सुन प्रकरणका माओवादी वा अन्य कुनै पार्टीमा संलग्न हुँदैमा तथ्य र प्रमाण भेटिएमा नबच्ने बताएका थिए ।
श्रेष्ठले भने, ‘तथ्य प्रमाणले दोषी देखाएमा माओवादी वा कुनै पार्टीमा संलग्न हुँदैमा छुट्दैन । नेपाल सरकारको गृहमन्त्रीका हैसियतले जनप्रतिनिधिको थलो संसद्मा बोल्दैछु ।’
नक्कली भुटानी शरणाथी प्रकरणमा सरकारले अध्ययन, अनुसन्धान र तथ्य प्रमाणले जहाँसम्म जानुपर्छ जाने, निष्पक्ष ढंगले कानुनी प्रक्रिया अगाडि बढाउने सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको गृहमन्त्री श्रेष्ठले बताए ।
‘कसैलाई लागेको आधारमा होइन, तथ्य र प्रमाणका आधारमा काम गर्न सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको छ,’ गृहमन्त्री श्रेष्ठले भने ।
उनले राज्यका निकायले अनुसन्धान गरिरहेकाले त्यो अनुसन्धान पूरा हुन दिनुपर्ने बताएका थिए । त्यो अनुसन्धानमा चित्त नबुझेपछि मात्रै उच्चस्तरीय समिति बनाउनु पर्ने बताएपछि एमालेले आफूहरूको माग पूरा नभएको भन्दै संसद अवरुद्ध गरेको थियो ।
पटक–पटक अवरोध गर्दा पनि एमाले सांसदहरू उठिरहेपछि सभामुख घिमिरेले भोलिसम्मका लागि संसद् बैठक स्थगित गरेका हुन् ।

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया