राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत

काठमाडौँ । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो नीति अनुसार अब साइवर सुरक्षा विधेयक अघि बढाउने बाटो खुलेको छ । मुलुकमा भरपर्दो, सुरक्षित एवम् उत्थानशील साइवर स्पे निर्माणका लागि सरकारले यस्तो नीति बनाएको बताएको छ ।
यस नीतिमा आधारित रहेर अब कानुनी र संस्थागत संरचना निर्माण, जनचेतना अभिवृद्धि र क्षमता विकास गर्दै विधि र जनशक्तिको संयोजनबाट सूचना तथा प्रविधिको प्रणालीलाई सुरक्षित बनाउन यो नीति महत्वपूर्ण हुने मन्त्रालयको विश्वास छ । मन्त्रालयले नीतिको मस्यौदा राय–सुझावका लागि यस अघि नै सरोकारवाला समक्ष सार्वजनिक गरेको थियो । सरकारले विश्वव्यापी साइबर सुरक्षा सूचकांक स्कोर ४४।९९ बाट आगामी ५ वर्ष भित्र ६०, १० वर्ष भित्र ७० र १५ वर्ष भित्र ८० प्रतिशत पुर्याउने लक्ष्यसहित यो नीति ल्याएको हो ।

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया