धनु राशिलाई आज मनग्य लाभ हुने, अरुको भाग्य कस्तो ?
मेरोन्यूज
२०८० साउन २४ गते ७:२१

काठमाडाैं । आज साउन २४ गते बुधबार । अधिक साउन कृष्ण नवमी। अगस्ट ९ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आजको दिन उतारचढावले भरिपूर्ण रहनेछ। कुनै कामको लागि बाहिर जानु पर्न सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहाेला । यात्रा गर्दा सावधान रहनुहाेला। जीवनसाथीसँग मनमुटाव हुन सक्छ।
वृष- आज अत्याधिक कामका कारण शारीरिक थकान महसुस हुन सक्छ। साथै कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । आज कुनै शुभ समाचार प्राप्त हुनेछ। घरायसी विवाद हट्दा मन प्रसन्न रहनेछ । मिथुन- परिवारमा केहि कुरामा झगडा हुन सक्छ। व्यापारमा घाटा हुन सक्छ । आज ठूलो लगानी नगर्नु नै उत्तम हुनेछ । स्वास्थ्यप्रति सचेत रहनुहोला । कर्कट- विशेष व्यक्तिसँग भेटघाट हुनसक्छ। जसले गर्दा नयाँ बाटो मिल्न सक्छ। आज तपाईले व्यापारमा ठूलो निर्णय लिनु पर्नेछ। सिंह- मन चिन्तित हुन रहनेछ। प्रियजनको दु:खद समाचार प्राप्त हुन सक्छ। सवारी साधन आदि प्रयोग गर्दा सावधानी अपनाउनुहोला। कन्या- आज तपाईले केहि नयाँ कामको लागि प्रयास गर्नुहुनेछ। जसकारण धेरै दौडधुप गर्नु पर्ने हुन सक्छ। पत्नीबाट मनमुटाव हुन सक्छ। व्यापार-व्यवसायमा सहयोगीसँग विवादको स्थिति आउन सक्छ। तुला- आज कुनै नयाँ कामको योजना बनाउँदै हुनुहुन्छ भने रोक्नुहोस्, अन्यथा केही घाटा बेहोर्नु पर्नेछ। स्वास्थ्यको ख्याल गर्नुहोला । पैतृक सम्पत्तिको विषयमा घरपरिवारमा मतभेद बढ्न सक्छ। वृश्चिक- आज तपाईको मन अशान्त रहन सक्छ। विशेष कामको लागि बाहिर जानु पर्नेछ। घरमा नयाँ पाहुनाको आगमन हुन सक्छ। धनु- मन प्रसन्न रहनेछ । सोचेको काम पूरा हुनेछ। विशेष कार्य सम्पन्न हुनाले मनग्य लाभ मिल्नेछ । व्यापार–व्यवसायमा नयाँ कामको थालनी गर्न सकिनेछ । भौतिक सुखसुविधा अनुसार नयाँ भवन वा सवारी साधन खरिद गर्न सकिनेछ । मकर- आज केहि नयाँ प्रयास गर्न उर्जा आउनेछ । कामप्रतिको समर्पणले तपाईंलाई ठूलो नाफा ल्याउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा कुनै शुभ कार्यको आयोजना हुनेछ, परिवार खुसी हुनेछन् । कुम्भ- आज सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला अन्यथा दुर्घटनाको सम्भावना कम छ । बहसबाट टाढा रहनुहोस्। बोलीमा संयम राख्नु होला । मीन- शरीर थकान महसुस हुनेछ। आज तपाईलाई क्षेत्रमा ठूलो अफर आउन सक्छ । जसले फाइदा हुनेछ। परिवारमा शुभ कार्य हुनेछ । परिवार संग बाहिर घुम्न जाने याेजना बन्नेछ।
सम्बन्धित
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया