धनु राशिलाई आज मनग्य लाभ हुने, अरुको भाग्य कस्तो ?
मेरोन्यूज
२०८० साउन २४ गते ७:२१

काठमाडाैं । आज साउन २४ गते बुधबार । अधिक साउन कृष्ण नवमी। अगस्ट ९ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आजको दिन उतारचढावले भरिपूर्ण रहनेछ। कुनै कामको लागि बाहिर जानु पर्न सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहाेला । यात्रा गर्दा सावधान रहनुहाेला। जीवनसाथीसँग मनमुटाव हुन सक्छ।
वृष- आज अत्याधिक कामका कारण शारीरिक थकान महसुस हुन सक्छ। साथै कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । आज कुनै शुभ समाचार प्राप्त हुनेछ। घरायसी विवाद हट्दा मन प्रसन्न रहनेछ । मिथुन- परिवारमा केहि कुरामा झगडा हुन सक्छ। व्यापारमा घाटा हुन सक्छ । आज ठूलो लगानी नगर्नु नै उत्तम हुनेछ । स्वास्थ्यप्रति सचेत रहनुहोला । कर्कट- विशेष व्यक्तिसँग भेटघाट हुनसक्छ। जसले गर्दा नयाँ बाटो मिल्न सक्छ। आज तपाईले व्यापारमा ठूलो निर्णय लिनु पर्नेछ। सिंह- मन चिन्तित हुन रहनेछ। प्रियजनको दु:खद समाचार प्राप्त हुन सक्छ। सवारी साधन आदि प्रयोग गर्दा सावधानी अपनाउनुहोला। कन्या- आज तपाईले केहि नयाँ कामको लागि प्रयास गर्नुहुनेछ। जसकारण धेरै दौडधुप गर्नु पर्ने हुन सक्छ। पत्नीबाट मनमुटाव हुन सक्छ। व्यापार-व्यवसायमा सहयोगीसँग विवादको स्थिति आउन सक्छ। तुला- आज कुनै नयाँ कामको योजना बनाउँदै हुनुहुन्छ भने रोक्नुहोस्, अन्यथा केही घाटा बेहोर्नु पर्नेछ। स्वास्थ्यको ख्याल गर्नुहोला । पैतृक सम्पत्तिको विषयमा घरपरिवारमा मतभेद बढ्न सक्छ। वृश्चिक- आज तपाईको मन अशान्त रहन सक्छ। विशेष कामको लागि बाहिर जानु पर्नेछ। घरमा नयाँ पाहुनाको आगमन हुन सक्छ। धनु- मन प्रसन्न रहनेछ । सोचेको काम पूरा हुनेछ। विशेष कार्य सम्पन्न हुनाले मनग्य लाभ मिल्नेछ । व्यापार–व्यवसायमा नयाँ कामको थालनी गर्न सकिनेछ । भौतिक सुखसुविधा अनुसार नयाँ भवन वा सवारी साधन खरिद गर्न सकिनेछ । मकर- आज केहि नयाँ प्रयास गर्न उर्जा आउनेछ । कामप्रतिको समर्पणले तपाईंलाई ठूलो नाफा ल्याउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा कुनै शुभ कार्यको आयोजना हुनेछ, परिवार खुसी हुनेछन् । कुम्भ- आज सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला अन्यथा दुर्घटनाको सम्भावना कम छ । बहसबाट टाढा रहनुहोस्। बोलीमा संयम राख्नु होला । मीन- शरीर थकान महसुस हुनेछ। आज तपाईलाई क्षेत्रमा ठूलो अफर आउन सक्छ । जसले फाइदा हुनेछ। परिवारमा शुभ कार्य हुनेछ । परिवार संग बाहिर घुम्न जाने याेजना बन्नेछ।
सम्बन्धित
















सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया