शुक्रबार, पुष ४, २०८२

नाइस अवार्डको रकम पत्रकारको उपचारमा

मेरोन्यूज २०८० साउन २४ गते २०:०५

काठमाडौं । सामाजिक क्षेत्रमा गरेको योगदानलाई कदर गर्दै प्रदान गरिंदै आएको ‘नाइस अवार्ड २०२३ सञ्चारकर्मी झलक गैरेलाई प्रदान गरिएको छ ।

प्रतिनिधिसभा सदस्य डा.धवल शमशेर राणा, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्यसमेत रहेका नाइस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाह र आयोजक संस्थाका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा अवार्ड प्रदान गरेका छन् । नगद दश हजार सहितको अवार्ड प्रदान गरिएको नाइस नेपालगन्जले जनाएको छ ।

पत्रकारितामा निरन्तर रुपमा क्रियाशिल रहेर विकास र सकारात्मक पत्रकारितामा माध्यमबाट सामाजिक रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याए बापत नाइस अवार्ड प्रदान गरि सम्मान गरिएको संस्थाका अध्यक्ष भट्टले जानकारी दिए ।

सम्मानित पत्रकार गैरैले पुरस्कारबाट प्राप्त सबै रकम नेपालगन्जका एक सञ्चारकर्मीको स्वास्थ्य उपचारमा प्रदान गर्ने घोषणा गरेका छन् । उनलाई अवार्डसँगै १० हजार रुपिया पुरस्कार प्रदान गरिएको थियो । झण्डै तीन दशक सञ्चारकर्ममा आबद्ध गैरै दैनिक नेपालगन्ज पत्रिकाका प्रकाशक एवं प्रधानसम्पादक हुन् ।

प्रतिक्रिया