स्वस्थ्यमन्त्रीको हनिमुन पिरियड
उपत्यकाका सबै सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई सेतोकोटमा उपस्थित हुन उर्दी

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय सम्हालेको हनिमुन पिरियड पूरा भएको छ । सय दिनलाई हनिमुन पिरियड भनिँदैं आइएको छ । उनले गत बैशाख २० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
उनले मन्त्रालय सम्हालेको हनिमुन पिरियड पारेर राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गर्न लागिएको छ । भोलि शुक्रवार दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा उनको कार्यक्रम छ ।
उक्त कार्यक्रममा अनिवार्य उपस्थितीका लागि उपत्यकाभित्रका सरकारी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई उर्दी जारी गरिएको छ ।
‘सेवा प्रवाहमा रहेका बाहेकलाई उक्त कार्यक्रममा अनिबार्य उपस्थित हुने गरि पत्र सम्वन्धित सरकारी अस्पतालमार्फत गरिएको छ,’ स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने,–‘मन्त्री ज्यू कै निर्देशनमा त्यसरी अनिवार्य उपस्थित हुन उर्दी गरिएको हो ।’
सरकारी अस्पतालका कर्मचारीलाई उपस्थितीको उर्दीमात्रै गरिएको छैन, चिकित्सक र स्वास्थ्यकर्मीलाई अनिवार्य एप्रोन (सेतोकोट) र कर्मचारीलाई सरकारी पोशाकमा आउन भनिएको छ ।
हेर्नुहोस वीर अस्पतालले गरेको उर्दी

















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया