विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी सर्वसाधारणलाई शेयर जारी गर्ने बताएको हो । सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने फ्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्राधीकरणले गत आर्थिक वर्ष २०७९।८० मा १२ अर्ब ३३ करोड नाफा कमाएको घिसिङले बताए ।
सर्वसाधारणलाई सेयर जारी गर्नका लागि इक्रा नेपालबाट एए प्लस रेटिङ पाएको उनले बताए । सर्वसाधारणलाई सेयर जारी गर्न प्रक्रिया अघि बढिरहेको घिसिङको भनाइ छ ।
सर्वसाधारणमा दिइने विद्युत् गुणस्तर सुधार, चुहावट नियन्त्रण तथा विद्युत् महसुल असुली लगायतका कार्यलाई प्रभावकारी बनाइने घिसिङले बताए ।
उनका अनुसार विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण तथा वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरेको छ । त्यस्तै सरकारको कोषमा साँवा ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरेको छ ।
प्राधिकरणले गत आर्थिक वर्ष मुलुकभित्रै विद्युत् बित्रीबाट कुल ८९ अर्ब ७८ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ भने भारतलाई विद्युत् बिक्री गरी १० अर्ब ५९ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ । आन्तरिक र वाह्य गरी विद्युत् बिक्रीबाट कम्पनीले १ खर्ब आम्दानी गरेको छ ।
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया