बाघेखोलामा डुबेर दुई बालबालिकाका मृत्यु
मेरोन्यूज
२०८० साउन २५ गते १९:२७

झापा । झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीका तीन वर्षीय छोरा कुमार जोगीको आज डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको बेघेखोलामा उनीहरु डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पुर्याइएको थियो ।
उनीहरूमध्ये एक जनाको अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको र एक जनाको बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
सम्बन्धित










आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया