मुगुमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु
मेरोन्यूज
२०८० साउन २९ गते २०:१०

मुगु । मुगुको सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । सोमबार सोरु गाउँपालिकाको सिपपहिरो नजिकै जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।
जिपमा सवार ९ जना यात्रुमध्ये २ जनाको घटनास्थलै मृत्यु भएको र २ जनाको सिप हेल्थपोष्टमा उपचारका क्रममा मृत्यु भएको तारापानी प्रहरी चौकी इन्चार्ज रमानन्द उपाध्यायले जानकारी दिए ।
दुर्घटनामा ५ जना घाइते छन् । मृतकको नाम भने खुल्न सकेको छैन । जिप दुर्घटनामा घाइते हुनेमा सोरु गाउँपालिका–५ नेर गाउँका लोकजन नेपाली, गोबिन्द शाही वडा नं–२ का दिनेश लावड छन् ।
अरु २ जना घाइतेको पहिचान हुन सकेको छैन ।
जिप दुर्घटनामा घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ठिनी लैजान जिल्ला प्रहरी कार्यालयले २ वटा एम्बुलेन्स घटनास्थलमा पठाएको छ ।
सम्बन्धित









रास्वपाद्वारा समन्वय कार्यदल गठन
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
प्रतिक्रिया