चार जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन
मेरोन्यूज
२०८० साउन ३० गते १८:०३

काठमाडौँ । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरू परिवर्तन गरेको छ । मन्त्रालय मन्त्रीस्तरीय निर्णयबाट चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो ।
सप्तरीका प्रजिअ भुपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ । चितवनका प्रजिअ सुरेन्द्र पौड्याललाई नुवाकोट सरुवा गरेर नुवाकोटका प्रजिअ किरण थापालाई सप्तरीको प्रजिअ बनाएर पठाइएको छ ।
धनुषाका प्रजिअ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाइ कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको प्रजिअ बनाएर पठाइएको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।
सम्बन्धित


















कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
प्रतिक्रिया