सोमबार, चैत १६, २०८२

यूरोपेली प्रतियोगिताको डेब्यूमै ‘साम्बा’ को गोल

मेरोन्यूज २०८० भदौ १ गते ९:५८

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी ९साम्बा० ले युरोपेली फुटबल प्रतियोगितामा ‘डेब्यु’ गोल गरेकी छिन् । प्रि सिजन खेलमा हापोएल रानानाका तर्फबाट उनले गोल गरेकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

हापोएलले हादेरालाई २–० ले पराजित गर्दा सावित्राको नाममा एक गोल रह्यो । सावित्रा हालै इजरेली क्लब हापोएलमा आवद्ध भएकी थिइन् । इजरायल एसियामा भए पनि फुटबलमा भने उ युरोपेली फुटबल महासंघअन्तर्गत पर्छ । सावित्रा यूरोपेली क्लबमा आवद्ध हुने पहिलो नेपाली महिला फुटबलर समेत हुन् ।

यसअघि सावित्रा भारतीय महिला आई लिगमा चम्किएकी थिइन् । उनले आई लिगमा तीन वटा उपाधि जितेकी थिइन् । उनी घरेलु लिग फुटबल सशस्त्रको एपीएफ क्लबबाट खेल्छिन् ।

प्रतिक्रिया