रुखबाट लडेर महिलाको मृत्यु
मेरोन्यूज
२०८० भदौ १ गते १६:५७

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १३ भातीखर्क घर भई वडा नं ११ पिजी चोक बस्ने एक ३५ वर्षीया महिलाको स्थानीय जंगलमा स्याउला काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जंगलमा खसी, बाख्रालाई स्याउला काट्न गएकी ३५ वर्षीया अनिता खड्का हाडेको रुखमा चढेर स्याउला काट्न लाग्दा हाँगा भाँचिएर भुइँमा खसी सख्त घाइते भएकी थिइन् । तत्काल स्थानीयवासीले घाइते खड्कालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।
अहिले खड्काको शवलाई जिल्ला अस्पतालमा नै शव परीक्षण गर्ने तयारी भइरहेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।
सम्बन्धित








यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज पुस ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया