रुखबाट लडेर महिलाको मृत्यु
मेरोन्यूज
२०८० भदौ १ गते १६:५७

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १३ भातीखर्क घर भई वडा नं ११ पिजी चोक बस्ने एक ३५ वर्षीया महिलाको स्थानीय जंगलमा स्याउला काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जंगलमा खसी, बाख्रालाई स्याउला काट्न गएकी ३५ वर्षीया अनिता खड्का हाडेको रुखमा चढेर स्याउला काट्न लाग्दा हाँगा भाँचिएर भुइँमा खसी सख्त घाइते भएकी थिइन् । तत्काल स्थानीयवासीले घाइते खड्कालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।
अहिले खड्काको शवलाई जिल्ला अस्पतालमा नै शव परीक्षण गर्ने तयारी भइरहेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।
सम्बन्धित


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया