मीन राशिलाई आज ठूलो लाभ हुने, अन्यकाे भाग्य कस्ताे छ ?

काठमाडाैं । आज भदाै २ गते शनिबार । साउन शुक्ल तृतिया । पञ्चाङ्ग : सिद्ध तैतल उत्तर , वराह जयन्ती। अगस्ट १९ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- स्वास्थ्य सम्बन्धी समस्याबाट मुक्त भइनेछ। मन अध्यात्मतर्फ आकर्षित हुनेछ। धार्मिक यात्रामा जाने सम्भावना छ । व्यापारमा लाभ हुनेछ । सम्पत्तिमा ठूलो लगानी गर्नका लागि समय अनुकूल रहेकाे छ।
वृष- आज अत्याधिक थकान र दौडधुपका कारण शारीरिक असहजता महसुस हुन सक्छ। घरमा विशेष व्यक्तिको आगमन हुनेछ। व्यापार–व्यवसायमा केही ह्रास आउनेछ । आर्थिक स्थिति सुधार गर्नको लागी कसैसँग ठूलो सहयोग माग्न सकिनेछ।
मिथुन– विपक्षीको षड्यन्त्रकाे सिकार बन्नबाट सजग रहनु होला । कार्यक्षेत्रमा अधिकारी वर्गसँग व्यर्थको विवाद बढ्न सक्छ। । व्यापारमा सहयोगीहरूले साथ छोड्न सक्छन्। परिवारमा सन्तानको स्वास्थ्यमा समस्या देखिन सक्छ ।
कर्कट– कुनै ठूलो कामको योजना आज बनाउन सकिनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ । विपक्षीहरू पराजित हुनेछन्। परिवारमा चलिरहेको विवादको अन्त्य हुनेछ।
सिंह– परिवारसंग कतै बाहिर जाने योजना बन्नेछ। कार्यस्थलमा जनताको सहयोग प्राप्त हुनेछ । व्यापारमा लाभको सम्भावना छ । घरजग्गा आदिमा लगानी गर्नको लागि समय राम्रो छ । मान सम्मानमा बृद्धि हुनेछ ।
कन्या– ठूलो कार्य योजनामा काम गरिने छ । जसमा सहकर्मीहरूबाट पूर्ण सहयोग प्राप्त हुनेछ। आज कुनै ठुलो लेनदेन नगर्नुहाेला। विपक्षी वर्गबाट टाढा रहनुहोला। सम्पत्ति आदिको विवादले परिवारमा मनमुटावको स्थिति सिर्जना हुनेछ ।
तुला– आज स्वास्थ्यको कारणले केही चिन्तित रहन सक्छ। तपाईको स्वास्थ्य राम्रो रहनेछ। परिवारका कतिपय व्यक्तिलाई मौसमी रोगले पनि सताउन सक्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। खानपानमा नियन्त्रण राख्नुहोस्। बहसबाट टाढा रहनुहोस्। सवारी चलाउँदा सावधानी अपनाउनुहोस। परिवारमा कुनै शुभ कार्य हुने सम्भावना छ ।
वृश्चिक- आज तपाईलाई सामाजिक र राजनीतिक क्षेत्रमा ठूलो पद वा जिम्मेवारी मिल्नेछ, जसले मान सम्मान पनि बढ्नेछ। काममा अधिकारीबाट राम्रो सहयोग मिल्नेछ । व्यापार–व्यवसायमा लाभ मिल्ने छ । परिवारको साथमा कुनै नयाँ कामको थालनी हुनेछ। परिवारमा शुभ कार्यको सम्भावना छ ।
धनु– साथीहरूसँग सहर बाहिरको यात्रामा जाने माैका मिल्ने छ । आज कसैलाई ठुलो रकम उधारो दिनु उचित हुनेछैन। व्यर्थकाे बहसबाट टाढा रहनुहोला।
मकर– श्रीमती र सन्तानको स्वास्थ्यको कारण केहि चिन्तित भइनेछ। आर्थिक समस्याको सामना पनि गर्नु पर्नेछ । कार्यक्षेत्रमा सहकर्मीले धोका दिन सक्छन् । गोप्य जानकारी सार्वजनिक नगर्नुहोला।
कुम्भ- आज कुनै नयाँ कामको थालनी नगर्नुहोला। आज पारिवारिक कारणले ठूलो भ्रममा परिनेछ। व्यापारमा ठूलो लेनदेन नगर्नुहोला। धार्मिक यात्रामा जाने सम्भावना छ । आज घरमा पाहुना आउन सक्नेछन् ।
मीन- कार्यक्षेत्रमा ठूलो लाभ हुनेछ। जसका कारण तपाईको मन प्रसन्न रहनेछ । विशेष व्यक्तिसँग भेटघाटले सफलताको नयाँ बाटो खुल्नेछ। आज पुरानो रोकिएको धन प्राप्त हुनेछ । नयाँ सवारी साधन खरिद गर्ने सम्भावना छ । परिवारमा चलिरहेको मतभेद समाधान हुनेछ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया