विमानस्थलबाट बरामद ६० किलो सुन उच्च गुणस्तरको

काठमाडौँ । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ‘ब्रेक–सुबाट बरामद गरिएको सुनको गुणस्तर उत्कृष्ट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकको टक्सार महाशाखाले गुणस्तर परीक्षण गर्दा सुन ‘९९९’ शुद्ध रहेको पुष्टि भएको हो । सामान्यतया बजारमा २२ क्यारेट र २४ क्यारेट भनेर सुनको गुणस्तर वर्गीकरण गर्ने गरिन्छ ।
तर, राष्ट्र बैंकले नम्बरका आधारमा सुनको गुणस्तर हेर्ने गर्छ । जसअनुसार ‘९९९’ भनेको सबैभन्दा उच्च गुणस्तरको (शुद्ध) सुन हो । नेपालमा यति शुद्ध गुणस्तरको सुन धेरै कम रहेको राष्ट्र बैंकले बताएको छ ।
नेपाल राष्ट्र बैंकलाई सुनको सिक्का (असर्फी) का लागि सबैभन्दा उच्च गुणस्तरको सुन चाहिन्छ । यसकारण सरकारको अनुमति पाएमा कानुन अनुसार सुन आफैंले खरिद गर्न तयार रहेको राष्ट्र बैंक बताएको छ ।
टक्सार महाशाखाले गत साता ‘ब्रेक–सु’बाट निकाल्दा सुनको परिमाण ६० किलो ७८९ ग्राम कायम भएकोमा गालेपछि घटेर ६० किलो ७१६ ग्राम कायम भएको थियो । सुन गालेर ‘बिस्कुट’ बनाएपछि राष्ट्र बैंकले सुनको गुणस्तर मापन गर्दा सबैभन्दा उच्च गुणस्तरको भेटिएको हो ।


















भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया