बुधबार, चैत २५, २०८२

वृश्चिक राशिले आज रोकिएको धन फिर्ता पाउने, अरुकाे कस्ताे छ भाग्य ?

मेरोन्यूज २०८० भदौ ५ गते ७:११

काठमाडाैं । आज भदाै ५ गते मंगलबार । साउन शुक्ल षष्ठी । पञ्चाङ्ग: शुक्ल कौलव चित्रा , कल्कि जयन्ती। अगस्ट २२ तारिख २०२३ ।  

Advertisement
nepal life insurencenepal life insurence

थाहा पाउनुहाेस् तपाइकाे राशिफल :

मेष- खानपानमा विशेष ध्यान दिनुहाेला। अन्यथा मौसमी रोगको सिकार बन्न सकिनेछ । व्यापारमा आज केहि नयाँ गर्न सकिनेछ । ठूलो साझेदारी वा सम्झौताको हिस्सा बन्ने सम्भावना पनि छ। कुनै शुभ कार्य वा धार्मिक यात्रा मनमा लाग्न सक्छ।

वृष- आज यात्रामा जानै सम्भावना छ । कुनै विशेष कामको योजना बन्न सक्छ। परिवारसँगको पुरानो विवाद आज समाधान हुनेछ ।

मिथुन- आज स्वास्थ्यमा अलि गम्भीर हुनुपर्ने देखिन्छ। बाहिरी खानपानमा नियन्त्रण राख्नुहोला । व्यापार-व्यवसायमा आज ठूलो लगानी गर्नुहोस्।

कर्कट- आजको दिन उतारचढावले भरिपूर्ण रहनेछ। परिवार र स्वास्थ्यको बारेमा मन चिन्तित रहनेछ। व्यापार–व्यवसायमा सहयोगीले धोका दिन सक्छन् । थप आर्थिक बोझ आउन सक्छ।

सिंह- मौसमका कारण स्वास्थ्यमा समस्या आउनेछ । पैतृक सम्पत्तिको विषयमा घरपरिवारमा विवाद हुनसक्छ । व्यवसायमा ठूलो परिवर्तन गर्ने विचार आज मनमा आउन सक्छ।

कन्या- परिवारमा तपाईप्रति सम्मानको भावना बढ्नेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रभुत्व जमाउनुहुनेछ । व्यापार–व्यवसायमा ठूलो आर्थिक सहयोग मिल्नेछ । केहीलाई पत्नीको स्वास्थ्यको चिन्ताले सताउन सक्छ।

तुला- आज केही घरेलु समस्याले सताउनेछ । जसका कारण मन अशान्त रहनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। बाहिरको खानेकुरा नखानुहाेला । साथै सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला। व्यापार–व्यवसायमा सोचविचार गरेर मात्र ठूलो लेनदेन गर्नुहोला ।

वृश्चिक- आज कुनै विशेष कामको लागि बाहिर यात्रा गर्नुपर्ने छ। व्यापारमा रोकिएको धन फिर्ता हुन सक्छ। आर्थिक स्थितिमा सुधार आउनेछ । परिवारमा शुभ कार्यको अवसर मिल्नेछ ।

धनु- परिवारमा केहि ठूलाे कामको योजना बन्ने छ । जसकारण उनीहरुसँग आपसी सद्भाव बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ । नयाँ सवारी साधन खरिद गर्ने मन लाग्न सक्छ ।

मकर- आज कुनै शुभ समाचार आउने छ । यदि तपाइँ कुनै प्रतिस्पर्धात्मक परीक्षामा भाग लिनुभएको छ भने, आज तपाइँ यसको सफल नतिजा प्राप्त गर्दै हुनुन्छ। स्वास्थ्य राम्रो रहनेछ।

कुम्भ- सोचेका काम पुरा हुनेछन् । परिवारमा चलिरहेको विवाद हट्नेछ। आज तपाईले सामाजिक क्षेत्रमा ठूलो पद पाउनुहुनेछ, जसका कारण मान सम्मान बढ्नेछ। सेयर बजारमा ठुलो लगानी गर्नुका साथै ब्यापार ब्यवसायमा काम फेरबदल गरेर ठुलो लाभ मिल्ने योग रहेको छ ।

मीन- आज तपाईले व्यापारमा ठूलो सम्झौता गर्न सक्नुहुन्छ। विशेष व्यक्तिको सम्पर्कमा आउँदा धेरै फाइदा हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक मनमुटाव बढ्न सक्छ।

प्रतिक्रिया