सोसाइटी इन्टरनेशनल ट्राभल नेपालका लागि थाई एयरवेजको जनरल सेल्स एजेण्ट नियुक्त

काठमाठौँ । बैंककमा मुख्यालय रहेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेशनलले नेपालको जि. एस. ए.- एजेन्सी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको बजारको लागि आफ्नो जनरल सेल्स एजेन्ट नियुक्त गरेको छ । उक्त नियुक्ति अगस्ट १, २०२३ बाट लागू भएको छ ।
सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थल स्थित सेवाहरू उपलब्ध गराउने छ ।
यस साझेदारी मार्फत, थाई एयरवेज इन्टरनेशनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्ने जनाइएको छ । सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाई एयरवेजले नेपाली उड्डयन इतिहासमा र नेपाली जनतामाझ विशेष स्थान राख्न सफल भएको दावी गरेको छ ।
थाई एयरवेज इन्टरनेशनलले थाइल्याण्डमा विदेशी पर्यटन प्रवद्र्धन गर्ने आफ्नो निरन्तर प्रतिबद्धता अनुसार नेपाली जनतामा थाई एयरवेजको सेवा र सुविधाको उपस्थितिलाई सुदृढ गर्दै नेपाली बजारमा रहेको अवसरको सदुपयोग गर्न चाहेको बताएको छ ।
थाई एयरवेज इन्टरनेशनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पून सञ्चालनमा आएको प्रति खुसी व्यक्त गरे ।
‘थाइल्याण्ड भित्रका विभिन्न आन्तरिक तथा विश्व प्रसिद्ध गन्तव्यहरू जस्तै फुकेट, पट्टाया र क्राबी साथै राजधानी सहर बैंककलाई थाई एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्याका लागि मात्र नभई दुई देशहरूबीचको आर्थिक गतिविधिहरुलाई समेत अभिवृद्धि गर्नेछ भन्ने कुरामा विश्वस्त रहेको जनाउनुभएको छ ।’ उनले भने,‘अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरुमा थाई एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई सहज र सुरक्षित उडान विकल्पहरु प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्धन गर्न सक्षम हुनेछौँ भन्नेमा हामी विश्वस्त छौँ । थाई एयरवेजको सञ्चालनमा विगत देखि नै सहयोग गर्नुभएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण साथै नेपालको हाम्रो यात्रामा तथा सफलतामा योगदान पुराउने सम्पूर्ण टुर–ट्राभल एजेन्ट तथा कर्मचारीलाई धन्यवाद प्रदान गर्न चाहन्छौँ । ’
आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले थाई एयरवेज इन्टरनेशनलको नेपालका लागि जि.एस.ए नियुक्त भइ काम गर्न पाउँदा हर्षित र सम्मानित भएको बताए ।
‘ हाम्रो नियुक्ती सोसाइटी इन्टरनेशनल ट्राभलको अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास सहितको स्थिानिय विशेषताको प्रतिबिम्ब हो भन्नेमा हामी विश्वस्त छौँ । सन् १९६८ देखि नेपालमा उडान सञ्चालनको आफ्नो गौरवशाली इतिहासको साथ, थाई एयरवेजले नेपाली जनताको हृदयमा विशेष स्थान राखेको छ र यसले नेपाली जनतालाई ‘भ्याकेसन’ र ‘अन–बोर्ड सरभिस’ को अवधारणा परिचय गराउनमा पनि महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले अगाडी भने,–‘ बैंकक नेपाली परिवारका लागि पुस्तौँ देखि विदेशी भ्याकेसनको पहिलो गन्तव्य बनेको कुरा यथावत् नै छ । थाई एयरवेजको उडान पुनःसञ्चालनले पर्यटकहरूलाई नेपाल भ्रमणका लागि थप कनेक्टिभिटी उपलब्ध गराएर नेपाली पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न पनि मद्दत गर्नेछ भन्नेमा हामी विश्वस्त रहेका छौँ ।’


















सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया