शुक्रबार, वैशाख ४, २०८३

के कारणले रद्द भयाे समीक्षाको अष्ट्रेलीयाकाे भिसा ?

मेरोन्यूज २०८० भदौ ७ गते १२:४७

काठमाडाैं । गायिका समीक्षा अधिकारीको अष्ट्रेलीयाको भिसा रद्द भएको छ । उनकाे यसअघि नै लागेको एक वर्षको भिसा रद्द भएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

गत फागूपूर्णिमा अष्ट्रेलीयामा आयोजना भएको कार्यक्रममा पुग्दा समीक्षाले केयर टेकरको रुपमा आफ्नी दिदीलाई पनि साथमा लिएर गएकी थिइन् । समीक्षाले आफू १८ बर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई समेत साथमा लिएर गएकी थिइन् । तर, उनकी दिदी नेपाल फर्किएकी छैनन् ।

समीक्षा अहिले फेरि तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रमका लागि अस्ट्रेलिया जाने तयारीमा थिइन् । उनको १ वर्षको भिसा भएकाले उनले फेरि आवेदन दिनुपर्ने त थिएन । तर फेरि आफू १८ वर्ष नपुगेकोले केयर टेकरको आवश्यकता पर्ने भन्दै समीक्षाले आवेदन दिएकी थिइन् ।

यो बेला भने केयर-टेकरको भिसा लागेन । साथै, समीक्षाको भएको एक वर्षको भिसा पनि रद्द भएको देखिएको छ ।

उनले पहिले लगेको केयर टेकर उतै छाडेको कारण नेपालस्थित अस्ट्रेलियन दूतावासले उनको भिसा रद्द गरिदिएको बताइएको छ । तर यसबारे स्पष्ट कारण भने खुलेकाे छैन । उनले अब तत्काल भिजा पाउँछिन् वा पाउँदिनन् ? त्यो भने अहिले बाहिर आएको छैन ।

समीक्षाले पनि हालसम्म यसबारे केही बताएकी छैनन् ।

प्रतिक्रिया