‘गदर -२’ बन्याे यस वर्ष सर्वाधिक कमाउने दोस्रो फिल्म, १४ दिनमा कति कमायाे ?
मेरोन्यूज
२०८० भदौ ८ गते ९:४३

काठमाडौं । सन्नी देओलको ‘गदर -२’ यस वर्ष हिन्दी सिनेमाको दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटक एक्सन र रोमाञ्चक कथाको यो फिल्मले बक्स अफिसमा अहिलेसम्म ४ सय करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।
अगस्ट ११ मा सिनेमाघरमा रिलिज भएको ‘गदर २’ ले बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ । पछिल्लो १२ दिनदेखि फिल्मले बक्स अफिसमा लगातार दोहोरो अंकमा कमाई गरिरहेको छ । तर १४ औं दिन भने फिल्मले पहिलो पटक सिंगल डिजिटमा कलेक्सन गरेको छ । यसदिन फिल्मले ८ करोड भारु कलेक्सन गरेको हो ।
१४ औं दिनको कमाई सहित फिल्मको कुल कलेक्सन ४१८ करोड भारु नाघेको छ। गदर २ सन्नी देओल र अमिषा पटेलको फिल्मी करियरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।
सम्बन्धित

















आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया